गाडीले किचेर एकको मृत्यु

हिमाल प्रेस ४ साउन २०८२ ९:५९ | Sunday, July 20, 2025
गाडीले किचेर एकको मृत्यु

दाङ- देउखुरीमा गाडीले किचेर एक जनाको मृत्यु भएको छ। लमही नगरपालिका-५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

आफ्नै घर अगाडि रोकिराखिएको लु३च ४८१४ नम्बरको पिकअप बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदै आफैँ गुड्न थालेपछि गाडीले किच्दा बानियाँ गम्भीर घाइते भएका थिए।

तत्काल लमही अस्पताल पुर्‍याए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ साउन २०८२ ९:५९ | Sunday, July 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast