गाजामा इजरायली हमलामा ८ बालबालिकासहित २३ जनाको मृत्यु

हिमाल प्रेस २६ असार २०८२ १९:२४ | Thursday, July 10, 2025
गाजामा इजरायली हमलामा ८ बालबालिकासहित २३ जनाको मृत्यु तस्बिर : एफपी

काठमाडौँ– गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिका सहित २३ जनाको मृत्यु भएको बताएको छ।

गाजामा शासन गर्ने हमासले कतारमा युद्धविराम वार्ताको एक हिस्साका रूपमा १० इजरायली बन्धकलाई रिहा गर्न इच्छुक रहेको घोषणा गरेको केही घण्टापछि आक्रमणको शृंखला आएको हो।

एजेन्सीले बुधबार गाजामा २६, मंगलबार २९ र सोमबार १२ जनाको मृत्यु भएको बताएको छ।

एजेन्सीका अधिकारी मोहम्मद अल–मुगैरले मध्य र दक्षिणी गाजामा बम विस्फोटको पछिल्लो लहर आएको र सबैभन्दा घातक देइर अल–बलाहमा १२ जनाको मृत्यु भएको बताए। मृतकमध्ये आठ बालबालिका र दुई महिला थिए।

नुसिरात शिविरमा छुट्टै आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने मध्य गाजाको बुरेज शिविरमा चार जनाको ज्यान गएको छ।

दक्षिणमा खान युनिसको अल–मवासी क्षेत्रमा पालमा बसेका पाँच जना व्यक्ति रहेको उनले बताए। आक्रमणबारे इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी आएको छैन।-रासस/एएफपी

प्रकाशित: २६ असार २०८२ १९:२४ | Thursday, July 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast