को बन्लान् बागमतीको संसदीय दलको नेता?

हिमाल प्रेस १४ साउन २०८२ ६:४४ | Wednesday, July 30, 2025
को बन्लान् बागमतीको संसदीय दलको नेता?

काठमाडौँ- नेपाली कांग्रेस बागमती संसदीय दलको नेताको चयनको प्रक्रिया बुधबार (आज) हुने भएको छ। आज बुधबार बिहान ८ बजे निर्वाचनमा सहभागी हुने मतदाताहरूको नामावली प्रकाशन गरिने बताइएको छ।

मतदाता नामावली उपर दाबी विरोध सच्याउने समय ८ः३० देखि ९ बजेसम्मका लागि तोकिएको छ भने दाबी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली ९ः३० मा प्रकाशन गरिनेछ।

उम्मेदवारहरूको लागि दरखास्त बिहान १० बजेदेखि ११ बजेसम्म, उम्मेदवारको प्रथम नामावली प्रकाशन ११ः३० मा गर्ने बताइएको छ। यस्तै, उम्मेदवारको दरखास्त विरुद्ध दाबी विरोध ११ः३० देखि १२ बजेसम्मका लागि समय तोकिएको छ।

उम्मेदवारको नामावली प्रकाशन १२ बजे, उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा १ घण्टाको समय छुट्याइएको छ। १२ देखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने समय छुट्याइएको छ भने दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समिति संयोजक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार दलको नेताको लागि मतदान दिउँसो २ बजेदेखि ३ बजेसम्ममा हुने र मतदान प्रक्रिया सकिए लगत्तै मतगणनाको प्रक्रिया सुरु गरिने छ। मुख्यमन्त्री रहेका बहादुर सिंहले हिजो संसदीय दलमा विश्वास गुमाएका थिए। उनको पक्षमा १५ मत थियो भने उनको विपक्षमा २२ मत परेको थियो।

उनलाई कांग्रेस बागमती प्रदेशका सभापति एवं प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले टक्कर दिँदैछन्। बानियाँ बागमतीको मुख्यमन्त्री बन्न चाहेका छन्। तर मुख्यमन्त्री सिंहले तत्काल राजीनामा नदिने बताएका छन्।

प्रकाशित: १४ साउन २०८२ ६:४४ | Wednesday, July 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast