‘कोशेढुङ्गा’ टिमले ल्यायो तीज गीत ‘नत्रभने जिन्दगी व्यर्थ छ’

हिमाल प्रेस ५ साउन २०८२ १३:३४ | Monday, July 21, 2025
‘कोशेढुङ्गा’ टिमले ल्यायो तीज गीत ‘नत्रभने जिन्दगी व्यर्थ छ’

काठमाडौँ- फिल्म ‘कोशेढुङ्गा’ टिमले तीज गीत ‘नत्रभने जिन्दगी व्यर्थ छ’ सार्वजनिक गरेको छ। फिल्मकाे पहिलो गीत भन्दै टिमले तीज गीत सार्वजनिक गरेको हो। तीज पर्वकै अवसरमा फिल्म आगामी भदौ १२ मा  प्रदर्शन हुनेछ।

गीतको भिडियोमा फिल्मका कलाकार सुरक्षा पन्त, नीति शाह, ऋचा शर्मा, मन्जिल कुमार, दिनेश काफ्ले र स्नेहा जोशीको नृत्य देख्न सकिन्छ।  गीत र भिडियोले नेपाली समाजको संस्कृति झल्काउने प्रयास गरेकाे छ।

गीतमा समीक्षा अधिकारी, खेम सेञ्चुरी र दीपिका बायम्बु मगरको स्वर छ। नेत्र अर्याल र विदुर तिमल्सिनाको शब्द रहेको गीतमा गायक खेम सेञ्चुरीले संगीत भरेका छन्।

नरदेवी फिल्म्सको ब्यानरमा बनेको फिल्मका लेखक तथा निर्देशक सरोज पौडेल हुन्। फिल्मको कथा लेखनमा सुनिल निउरे र सुवलमणि सापकोटाले सहकार्य गरेका छन्। फिल्मको कथा सामाजिक, सांस्कृतिक र पारिवारिक कथामा आधारित रहेको टिमले जनाएको छ।

फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, मंजिल कुमार, सरोज खनाल, लोकमणि सापकोटा, हिउवाला गौतम, सिरु बिस्ट, दिनेश काफ्ले, सविन कट्टेल, झकेन बीसी, स्नेहा जोशी, उद्धव सापकोटा र सबिता रेग्मीलगायत कलाकारको अभिनय रहनेछ।

फिल्मका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्मातामा दिनेश खड्का छन्।

प्रकाशित: ५ साउन २०८२ १३:३४ | Monday, July 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast