कोइराला पक्षले नेतामाथि कारबाही पुनःविचार गर्न सभापति देउवासमक्ष अनुरोध गर्ने

हिमाल प्रेस २६ असार २०८२ १४:५३ | Thursday, July 10, 2025
कोइराला पक्षले नेतामाथि कारबाही पुनःविचार गर्न सभापति देउवासमक्ष अनुरोध गर्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षीय नेताहरूको बिहीबार विशालनगरमा बसेको बैठक।

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला पक्षधरले पार्टी अनुशासन आयोगले गरेको कारबाही विधान विपरीत र एकातर्फी भएको आरोप लगाएको छ।

नेता डा.कोइरालाको सम्पर्क कार्यालयमा आज बिहान बसेको सो समूहको बैठकले पार्टी नेतामाथि भएको कारबाही विधान विपरीत र एकतर्फी भएकाले कारबाही प्रक्रिया अगाडि नबढाउन सभापति शेरबहादुर देउवासमक्ष अनुरोध गर्ने निर्णय गरेको सांसद् राजेन्द्र बजगाईँले जानकारी दिए।

बैठकमा उपसभापति धनराज गुरुङले कसैलाई पनि काखापाखा नगरिकन एकढिक्का गरी सशक्त रूपले पार्टीलाई अघि बढाउने काम भइरहेको अवस्थामा अनुशासन आयोगमार्फत एक्कासि कारबाहीको नाम सार्वजनिक गरिएकोमा दुःख व्यक्त गरे।

बैठकमा नेता कोइरालासहित उपसभापति गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.मीनेन्द्र रिजाल, अनुशासन समिति सदस्य सञ्जय गौतमलगायतको उपस्थिति थियो।

 

प्रकाशित: २६ असार २०८२ १४:५३ | Thursday, July 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast