‘कुलिङ अफ पिरियड’ : प्रधानमन्त्रीमाथि छानबिन गर्न राष्ट्रियसभा सदस्यहरूको माग

हिमाल प्रेस ११ साउन २०८२ १५:२४ | Sunday, July 27, 2025
‘कुलिङ अफ पिरियड’ : प्रधानमन्त्रीमाथि छानबिन गर्न राष्ट्रियसभा सदस्यहरूको माग राष्ट्रियसभा बैठक। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभाका सांसदहरूले निजामती सेवा विधेयकमा भएको जालसाजीमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि छानबिन गर्न माग गरेका छन्। राष्ट्रियसभाको आइतबारको बैठकमा सांसदहरूले निजामती विधेयकको कुलिङ अफ पिरियडमा भएको जालसाजीमा प्रधानमन्त्री ओलीमाथि पनि छानबिन गर्न माग गरेका हुन्।

सांसद कृष्णप्रसाद अधिकारीले कुलिङ अफ पिरियडका विषयमा भएको गडबडीबारे प्रतिनिधिसभामा छानबिन भइरहेका बेला राष्ट्रियसभामा एमालेको संशोधन आउनुले शंका उत्पन्न भएको बताए।

उनले एमालेको संशोधन प्रस्तावले प्रधानमन्त्रीकै भूमिकामाथि प्रश्न उठेको भन्दै छानबिन गर्न माग गरे।

त्यस्तै घनश्याम रिजालले घुस लेनदेनसम्बन्धी अडियो सार्वजनिक हुँदासमेत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमत्री बलराम अधिकारीलाई कारबाही नभएको भन्दै बर्खास्त गर्न माग गरे।

सरकारले सुशासनको कुरा गरे पनि मन्त्रीहरूले अनधिकृत रुपमा स्वकीय सचिव नियुक्त गर्ने गरेको उल्लेख गर्दै मन्त्रीहरूले पनि सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरे।

प्रकाशित: ११ साउन २०८२ १५:२४ | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast