किसानहरूलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन

हिमाल प्रेस २६ असार २०८२ १८:०३ | Thursday, July 10, 2025
किसानहरूलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन

काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले किसानहरुलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले स्थानीय तहमार्फत किसानहरुलाई आवश्यक परेको मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।

बैठकमा समिति सदस्यहरुले धान रोप्ने समयमा किसानहरुले सहज रुपमा मल नपाएको जनाएका थिए। त्यस्तै बैठकले अख्तियारलाई दिएको निर्देशन कार्यान्वयनका सम्बन्धमा जानकारी माग गर्ने निर्णयसमेत भएको सभापति पोखरेलले बताए।

बैठकले समितिको वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ।

प्रकाशित: २६ असार २०८२ १८:०३ | Thursday, July 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast