कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

हिमाल प्रेस २ साउन २०८२ ११:५० | Friday, July 18, 2025
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

म्याग्दी- कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका-१ लामगरामा तटबन्ध निर्माण भएको छ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयले लामगरास्थित सेतोढुंगादेखि रत्नेचौर लिफ्ट खानेपानी योजनाको इनार हुँदै तलतर्फ कालीगण्डकी नदी किनारमा ७० लाख बजेटबाट १५० मिटर तटबन्धन गरेको हो।

उक्त कार्यालयका इञ्जिनियर नरजङ गुरुङका तटबन्धमा प्रयोग भएको ग्याबियन तारजालीलाई खिया लाग्नबाट बचाउनका लागि केही भागमा प्लास्टर गरेर ‘ज्याकेटिङ’ गरिएको छ।

तटबन्धन गरिएपछि लामगराका ५० परिवारले सुरक्षित महसुस गरेका छन्। लामगराको बस्ती, सयौँ रोपनी खेतीयोग्य जमिन, लामगरा-मिलनचोक झोलुङ्गे पुल र रत्नेचौर लिफ्ट खानेपानी योजनाको ट्यांकी संरक्षण गरेको उपभोक्ता समितिका अध्यक्ष कमल थापाले बताए। यो बस्ती सागसब्जीको पकेट क्षेत्र हो।

प्रकाशित: २ साउन २०८२ ११:५० | Friday, July 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast