कालिमाटीमा तरकारी : लोकल गोलभेँडा २९, भान्टा २१ [अरू कति?]

हिमाल प्रेस ५ साउन २०८२ ९:२३ | Monday, July 21, 2025
कालिमाटीमा तरकारी : लोकल गोलभेँडा २९, भान्टा २१ [अरू कति?]

काठमाडौँ- कालिमाटी तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज गोलभेँडा, प्याज, बोडी, भन्टा, घिरौँलासहितका तरकारीको मूल्य घटेको छ। तर, भिन्डी, परबलसहितका कतिपय तरकारी भने महँगिएका छन्। कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६०, सानो लोकल गोलभेँडा २९, रातो आलु ४४, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ९५, लोकल बन्दा ३१, स्थानीय काउली ६५, हाइब्रिड सेतो मुला २५, लाम्चो भन्टा १५, डल्ले भन्टा ३५, तने बोडी २०, मकै बोडी ५५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला १५, लौका १८, तराईको परबल ३५, घिरौँला २७, झिँगुनी ४५, हरियो फर्सी डल्लो ३१, पाकेको फर्सी ४५, भिन्डी ३५, कन्य च्याउ १३५, डल्ले च्याउ ३२५, ब्रोकाउली ८० रुपैयाँ प्रतिकिलो छ।

कालिमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २३, टनेलको गोलभेँडा ३०, रातो आलु ४४, सुकेको भारतीय प्याज ४१, लोकल गाँजर ९५, बन्दा २९, स्थानीय काउली ६०, हाइब्रिड सेतो मुला २६, लाम्चो भन्टा २१, डल्ले भान्टा ३७, तने बोडी २३, मकै बोडी ५५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला १५, लौका २०, तराईको परबल ३०, घिरौँला ३१, झिँगुनी ४३, हरियो फर्सी डल्लो ३५, पाकेको फर्सी ४५, भिन्डी २८, कन्य च्याउ ४५, डल्ले च्याउ ३४०, ब्रोकाउली ७० रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: ५ साउन २०८२ ९:२३ | Monday, July 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast