कार्यवाहक अध्यक्ष तोक्ने रञ्जिताको कदम विधानविपरीत

हिमाल प्रेस १४ साउन २०८२ १७:४४ | Wednesday, July 30, 2025
कार्यवाहक अध्यक्ष तोक्ने रञ्जिताको कदम विधानविपरीत नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कार्यबाहक अध्यक्ष तोक्ने अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको कदम पार्टी बिधानबिपरित रहेको बताएका छन्।

बुधबार काठमाडौँमा पार्टीको राष्ट्रिय भेलामा सहभागी हुन पगेका चौधरीले पार्टी अध्यक्षले विधानविपरीत कार्यवाहक तोकेकाले आफूलाई पनि मन नपरेको बताए। अध्यक्षले पार्टीको केन्द्रीय समिति बोलाएर प्रष्टिकरण दिनुपर्नेमा कार्यवाहक अध्यक्ष तोक्नुले धेरै कार्यकर्ताको चित्त दुखेको उनले बताए। चौधरीले कार्यवाहक अध्यक्ष तोक्दा पनि केन्द्रीय समिति बोलाएर निर्णय गराउनुपर्नेमा त्यसो नगरेको जिकिर गरे।

उनले कसका कारण पार्टीभित्र समस्या देखिएको हो भन्ने सवैलाई छर्लङ्ग नै रहेको बताए।

प्रकाशित: १४ साउन २०८२ १७:४४ | Wednesday, July 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast