काठमाडौँ महानगरको नगरसभा आइतबार, २५ अर्ब बजेट प्रस्तावित

हिमाल प्रेस २७ असार २०८२ १७:०८ | Friday, July 11, 2025
काठमाडौँ महानगरको नगरसभा आइतबार, २५ अर्ब बजेट प्रस्तावित

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको नगरसभा असार २९ गते आइतबारका लागि बोलाइएको छ।

शुक्रवार बसेको ४० औँ नगर कार्यपालिका बैठकले नगरसभाको मिति तय गरेको हो। नगरसभामार्फत बजेट सार्वजनिक गर्ने महानगरले जनाएको छ।

नगरसभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन) ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेस गर्ने कार्यक्रम छ।

त्यसअघि शुक्रबार नै बसेको स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति र राजश्व परामर्श समितिको बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गरेको छ।

आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको महानगरले जनाएको छ।

प्रकाशित: २७ असार २०८२ १७:०८ | Friday, July 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast