काठमाडौँ महानगरको आगामी बजेट सीमा २५ अर्ब ११ करोड

हिमाल प्रेस २७ असार २०८२ १४:०४ | Friday, July 11, 2025
काठमाडौँ महानगरको आगामी बजेट सीमा २५ अर्ब ११ करोड

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिको बैठक सम्पन्न भएको छ। प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा काठमाडौँ प्लाजामा बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५ अर्ब ११ करोड रुपैयाँ बजेट सीमा निर्धारण गरेको हो।

बैठकमा प्रमुख शाहले जनचाहना अनुसार विकास योजना अगाडि बढाउन पूर्वाधार विकासको बजेटमा वृद्धि गर्न निर्देशन दिएका थिए। चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षमा पूर्वाधारतर्फको बजेट वृद्धि गर्ने निर्णय पनि समितिले गरेको छ।

शुक्रबार बस्ने ४०औं नगरकार्यपालिका बैठकले नगर सभाको मिति तोक्नेछ। त्यसपछि नगर सभामार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिनेछ। नगर सभामा प्रमुख शाहले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्ताव पेस गर्नेछिन्।

बैठकमा राजस्व परामर्श समितिका संयोजक, सदस्य, सदस्य सचिव र सम्बन्धित विभागीय प्रमुखहरूको उपस्थिति थियो।

प्रकाशित: २७ असार २०८२ १४:०४ | Friday, July 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast