काठमाडौँ पूर्ण खोपयुक्त जिल्ला घोषणा

हिमाल प्रेस ३० असार २०८२ १९:४९ | Monday, July 14, 2025
काठमाडौँ पूर्ण खोपयुक्त जिल्ला घोषणा

काठमाडौँ- काठमाडौँ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आयोजनामा आज (सोमबार) यहाँ आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले काठमाडौँलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका हुन्।

उनले सबै बालबालिकाले पूर्ण खोप लगाएपछि मात्र रोगबाट बच्न सकिने भन्दै पूर्ण खोपयुक्त बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिए।  प्रदेश सरकारको ध्यान गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नेतर्फ रहेको भन्दै मन्त्री थापामगरले यसमा सहयोगका लागि सबैलाईआग्रह गरे

मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले वागमती प्रदेशका सबै जिल्ला पूर्ण खोपयुक्त घोषित भएकाले चाँडै नै प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गरिने बताइन्। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले हाल रोगव्याधि धेरै भए पनि खोपका कारणले घटेको बताए।

पूर्ण खोपयुक्त घोषणाका लागि नौ प्रकारका खोप दिइने गरिन्छ। बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले ती खोप जन्मदेखि १५ महिनासम्म बालबालिकालाई सात पटकमा १८ मात्रा लगाएको हुनुपर्ने बताए। जन्मनैबित्तिकै क्षयरोगविरुद्धको बिसिजी खोप र १५ महिना पुगेपछि दादुरा–रुबेला तथा टाइफाइड रोगविरुद्धको खोप दिने गरिन्छ।

काठमाडौँमा ६८ हजार १०० जना बालबालिकालाई पूर्ण खोप लगाइएको त्यस अवसरमा जानकारी दिइयो। कार्यक्रममा उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो। रासस

प्रकाशित: ३० असार २०८२ १९:४९ | Monday, July 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast