 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका छन्।
शुक्रबार पार्टी कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै सदस्यहरुले पार्टीका नेताहरुको कार्यशैलिप्रति कार्यकर्ताहरु असन्तुष्ट रहेकाले नेताहरुले आफ्नो कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका हुन्। साथै उनीहरुले तोकिएको समयभित्र महाधिवेशन गर्ने सुनिश्चितता हुनुपर्ने धारणा राखेका थिए।
शुक्रबार बैठकमा ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, दिपक गिरी, सुजाता परियार, कल्याणकुमार गुरुङ, सरिता प्रसाई लगायत ३० जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए भने आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्का, आमन्त्रित मन्त्रीहरु— तेजुलाल चौधरी (युवा तथा खेलकूद) र रामनाथ अधिकारी (कृषि तथा पशुपंक्षी विकास) ले आ–आफ्नो धारणा राखेको कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए।
उनले सरकारमा रहेका मन्त्रीहरुको कामकारबाहीका बारेमा छलफल भए पनि मन्त्री परिवर्तनका बारेमा भने कुनै छलफल नभएको बताए।
विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेकाल कार्यसमितिको बैठक असार २२ गते विहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 