कांग्रेस बागमतीको संसदीय दलमा दुई नेताबीच प्रतिस्पर्धा

हिमाल प्रेस १४ साउन २०८२ ११:५८ | Wednesday, July 30, 2025
कांग्रेस बागमतीको संसदीय दलमा दुई नेताबीच प्रतिस्पर्धा

काठमाडौँ- बागमती प्रदेशमा कांग्रेस संसदीय दलको नेता छान्न बुधबार निर्वाचन हुँदै छ। मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएपछि निर्वाचन हुन लागेको हो।

संसदीय दलको नेता चयनका लागि गठित निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाएको छ। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुईजनाको उम्मेदवारी परेको छ। प्रदेश सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँ र मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गरेका हुन्। संसदीय दलमा उम्मेदवारी दिने दुवै सभापति शेरबहादुर देउवा पक्षका नेता हुन्।

प्रकाशित: १४ साउन २०८२ ११:५८ | Wednesday, July 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast