कांग्रेसका ५ पूर्वपदाधिकारी देउवा निवासमा

हिमाल प्रेस ६ साउन २०८२ ११:५३ | Tuesday, July 22, 2025
कांग्रेसका ५ पूर्वपदाधिकारी देउवा निवासमा

काठमाडौँ- नेपाली कांग्रेसका ५ पदाधिकारीहरू सभापति शेरबहादुर देउवालाई भेट्न निवास बूढानीलकण्ठ पुगेका छन्।

उनीहरू देउवालाई आगामी महाधिवेशनको कुरा चलाउन केहीबेरअघि देउवा निवास पुगेका हुन्। नेताहरूले हिजो (सोमबार) उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गरेर देउवालाई भेट्ने निष्कर्ष निकालेका थिए।

उपप्रधानमन्त्री सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत सभापति देउवालाई भेट्न पुगेका हुन्।

देउवा निवासमा पूर्वउपसभापति विमलेन्द्र निधि,  उपप्रधानमन्त्री सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत सभापति देउवालाई भेट्न पुगेका हुन्।

१५ औँ महाधिवेशनमा देउवा पक्षबाट उठ्ने सभापतिको उम्मेदवार र वर्तमान गठबन्धनका विषयमा देउवासँग छलफल चलाउने तयारी छ।

प्रकाशित: ६ साउन २०८२ ११:५३ | Tuesday, July 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast