ओस्कार कलेजले एकदिने फिल्म साक्षरता अभियान सञ्चालन गर्ने

हिमाल प्रेस २ साउन २०८२ १२:४० | Friday, July 18, 2025
2
SHARE
ओस्कार कलेजले एकदिने फिल्म साक्षरता अभियान सञ्चालन गर्ने

काठमाडौँ- दुई दशकदेखि फिल्म अध्यापन गर्दै आएको ओस्कार इन्टरनेसनल कलेजले साउन ४ मा फिल्म साक्षरता अभियान सञ्चालन गर्ने भएको छ।

यसअघि नेपालका १० ठूला सहरमा देशव्यापी फिल्म साक्षरता अभियान सम्पन्न गरेको कलेजले सोही कार्यक्रमको निरन्तरताका रूपमा एक दिने अभियान सञ्चालन गर्न लागेको हो।

कलेज परिसरमा हुने एक दिने साक्षरता अभियानमा निर्देशन, पटकथा लेखन, अभिनय, छायांकनविधाका आधारभूत कुराहरू सिकाइने प्रधानाध्यापक रामराजा दाहालले बताए।

बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म साक्षरता अभियानमा कलेजका विद्यार्थीले बनाएका केही उत्कृष्ट फिल्मसमेत प्रदर्शन गरिनेछ। कार्यक्रममा फिल्मप्रति इच्छुक नयाँ पुस्ताका सय बढीको सहभागिता हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २ साउन २०८२ १२:४० | Friday, July 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast