काठमाडौँ- दुई दशकदेखि फिल्म अध्यापन गर्दै आएको ओस्कार इन्टरनेसनल कलेजले फिल्म साक्षरता अभियान सम्पन्न गरेको छ। कलेज परिसरमा यही साउन ४ मा सम्पन्न फिल्म साक्षरता अभियानमा निर्देशन, पटकथा लेखन, अभिनय, छायांकनलगायत विधाबारे आधारभूत कुरा सिकाइएको थियो।
सुरज कटुवाल, परासर वाग्ले, नविन न्यौपाने लगायतका शिक्षकले विद्यार्थीहरूलाई फिल्मबारे चासो निर्माण गर्ने कार्य गरेका थिए।
अभियानमा कलेजका विद्यार्थीले बनाएका दुई छोटा फिल्मसमेत प्रदर्शन गरिएका थियो। कार्यक्रममा फिल्मप्रति इच्छुक नयाँ पुस्ताका करिब ४० जना विद्यार्थी सहभागी थिए।
कलेजले सिनेमा साक्षरता अभियान काठमाडौँभित्र र बाहिर वर्षेनी गर्दै आइरहेको छ।
प्रकाशित: ५ साउन २०८२ १५:५४ | Monday, July 21, 2025
प्रतिक्रिया



