ओलीलाई प्रचण्डको प्रश्न- एक वर्षमा कसको विश्वास जित्नुभयो?

हिमाल प्रेस ३० असार २०८२ १४:५१ | Monday, July 14, 2025
ओलीलाई प्रचण्डको प्रश्न- एक वर्षमा कसको विश्वास जित्नुभयो?

काठमाडौँ– प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार कामले कांग्रेस–एमालेकै नेताकार्यकर्ता खुसी बन्न नसकेको भन्दै आलोचना गरेका छन्। उनले प्रतिनिधिसभामा सोमबार यस्तो अभिव्यक्ति दिएका हुन्।

उनले अप्राकृतिक गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै सरकारसँग जनताको भरोसा र नैतिक धरातल अझै बाँकी छ कि छैन भन्ने प्रश्न गरे।

प्रचण्डले भने, ‘राज्यको स्रोत र साधन सीमित दलाल पुँजीपति र बिचौलियाले दोहन गरिरहेका छन्, जनतामध्ये को खुसी छ?’

उनले पचासौँ हजार शिक्षक सडकमा उत्रिएको, राष्ट्रसेवकहरु कार्यालय बन्दको चेतावनी दिइरहेको, चिकित्सक आन्दोलनमा उत्रिनुपरेको, सहकारी र मिटरब्याज पीडितको समस्या झन जटिल बन्दै गएको बताए।

उनले सरकारका गतिविधिबाट आमजनता मात्र होइन, सत्तारूढ दलकै कार्यकर्ता समेत असन्तुष्ट भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरे, ‘यो एक वर्षमा तपाईँले कसको विश्वास जित्नुभयो? कुन वर्ग लाभान्वित भयो?’

 

प्रकाशित: ३० असार २०८२ १४:५१ | Monday, July 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast