 
                             
                                            काठमाडौँ- एसीसी पुरुष यू १६ इस्ट जोन कप २०२५ को सेमिफाइनल खेलमा मलेसियाले साबिक विजेता नेपालसासु जितका लागि ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रन बनाएको हो। मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । कप्तान दियाज पात्रोले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि अभय यादवले सर्वाधिक ४ विकेट लिए भने सुभम खनालले ३ विकेट लिए । यस्तै कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले १-१ विकेट लिए ।
                            प्रकाशित: १९ असार  २०८२ १०:३० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
 