एसिया कप क्रिकेट सेप्टेम्बर ९ देखि सुरू हुने

हिमाल प्रेस १० साउन २०८२ १८:५० | Saturday, July 26, 2025
एसिया कप क्रिकेट सेप्टेम्बर ९ देखि सुरू हुने

काठमाडौँ-  एसिया कप क्रिकेट प्रतियोगिताको मिति घोषणा भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले प्रतियोगिता सुरू हुने मिति घोषणा गरेको हो।

एसीसीका अध्यक्ष मोहसिन नकबीले सामाजिक सञ्जाल एक्समा आगामी सेप्टेम्बर ९ देखि २८ सम्म एसिया कप क्रिकेट सञ्चालन हुने जानकारी दिएका छन्। उनका अनुसार यसपालि एसिया कप क्रिकेट संयुक्त अरब इमिरेट्स (यूएई) मा एसिया कप क्रिकेटका प्रतियोगिताहरू हुनेछन्। प्रतियोगिताको विस्तृत जानकारी चाँडै सार्वजनिक गरिने नकबीले बताएका छन्।

भारत र पाकिस्तानबीच जारी राजनीतिक तनावका कारण एसिया कपका लागि तटस्थ मैदान चयन गरिएको बताइएको छ। यसअघि पनि भारतले पाकिस्तानको मैदानमा खेल्न अस्वीकार गरेको थियो।

यसपालिको एसिया कप टी–२० फर्मेटमा खेलाइने बताइएको छ। प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानका साथै यूएई, ओमान र हङकङ भाग लिने छन्।

सन् २०२३ मा एसिया कपको उपाधि भारतीय क्रिकेट टिमले जितेको थियो।

प्रकाशित: १० साउन २०८२ १८:५० | Saturday, July 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast