एमाले महासचिव पोखरेल भन्छन्- विधि निर्माणको अन्योल अन्त्य भयो

हिमाल प्रेस २ साउन २०८२ ११:३७ | Friday, July 18, 2025
एमाले महासचिव पोखरेल भन्छन्- विधि निर्माणको अन्योल अन्त्य भयो

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र विधि निर्माणको अन्योल अन्त्य भएको दाबी गरेका छन्।

शुक्रबार बस्न लागेको पोलिटब्युरो बैठक अगाडि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आगामी विधान महाधिवेशनका लागि आवश्यक राजनीतिक तथा सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावहरू तयार भइसकेको जनाएका हुन्।

‘विधि निर्माणको अन्योल अन्त्य भएको छ,’ पोखरेलले भने, ‘मिशन २०८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो, त्यो सुनिश्चित भएको छ।’

यसअघि बिहीबार बसेको एमाले सचिवालय बैठकले केही महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको थियो। बैठकले ७० बर्से उमेरहद हटाउने, कार्यकाल सीमाको प्रावधान हटाउने, पदाधिकारीको संख्या १५ कायम गर्ने र केन्द्रीय कमिटीलाई २५१ सदस्यीय बनाउने प्रस्तावमा सहमति दिएको हो।

प्रकाशित: २ साउन २०८२ ११:३७ | Friday, July 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast