एमाले बैठक : पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीबारे छलफल

हिमाल प्रेस १ साउन २०८२ १८:४१ | Thursday, July 17, 2025
एमाले बैठक : पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीबारे छलफल

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा जारी छ। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा जारी बैठकमा पार्टीको आसन्न पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारी छलफलको एजेन्डामा रहेको नेताहरुले जनाएका छन्।

एमाले सचिव योगेश भट्टराईले विधान महाधिवेशनको सन्दर्भमा बैठकमा छलफल भइरहेको जानकारी दिए। विधानको संशोधन प्रस्ताव, राजनीतिक प्रस्तावका साथै संगठनात्मक प्रतिवेदनलाई बैठकले अन्तिम रुप दिने उनले बताए।

सचिवालय बैठकपछि पोलिट्व्युरो हुँदै केन्द्रीय समितिले दस्तावेजलाई पारित गर्ने उनले बताए।

भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्किने घोषणा गरिसकेको अवस्थामा पार्टीभित्र उचित छलफल हुने बताए। यस विषयमा पार्टी अध्यक्षले नै पूर्वराष्ट्रपति भण्डारीसँग छलफल गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै उनले मन्त्रीहरुमाथि लगाइएका आरोप सत्य हो भने पदीय जिम्मेवारीबाट हट्नुपर्ने र छानविन हुनुपर्ने बताए।

नेकपा एमालेको साउन २ गते बस्ने पोलिटब्युरो र ५ गते केन्द्रीय कमिटी बैठक बस्ने तयारी छ। त्यसैगरी आगामी भदौ २०, २१ गते ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने निर्णय पार्टीले गरेको छ।

प्रकाशित: १ साउन २०८२ १८:४१ | Thursday, July 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast