एमाले पोलिटब्युरो बैठक : ओलीलाई खुल्यो बन्धन, विद्याबारे अझै दोधार

हिमाल प्रेस ४ साउन २०८२ ६:४२ | Sunday, July 20, 2025
एमाले पोलिटब्युरो बैठक : ओलीलाई खुल्यो बन्धन, विद्याबारे अझै दोधार

काठमाडौँ- नेकपा एमालेको पोलिटब्युरो बैठकले विधानमा रहेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ। यो प्रस्तावले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ।

बैठकमा उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेका विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार संशोधनमा प्रस्तावमा मुख्य गरी पार्टीमा अबदेखि संगठित र साधारण सदस्य गरी दुई थरी सदस्यताको व्यवस्था रहने प्रस्ताव पारित भएको छ। त्यस्तै बैठकले जिल्ला कमिटीलाई कार्यकारी कमिटी हुने प्रस्ताव गरेको छ।

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा सक्रिय हुने विषय भने अझै अनिर्णित रहेको उनले बताए। त्यस विषयमा भएको छलफलमा अधिकांश सदस्यले बेठिक रहेको धारणा राखेका तर त्यसबारे अर्को कमिटीबाट निर्णय गर्ने गौतमले बताए।

भण्डारीले राष्ट्रपति हुनलाई पार्टी सदस्यता त्यागेकाले नवीकरणबारे आवश्यक निर्णय गर्नुपर्ने गौतमले बताए।

उनले भने, ‘विभिन्न कोणबाट छलफल भएको तर निष्कर्षमा पुगेको छैन, अर्को फोरममा निष्कर्षमा पुग्छौँ, ‘स्वइच्छाले राजीनामा गरेको व्यक्तिले पार्टीमा पुन आउने कुरा वा पार्टीले खटाएको व्यक्ति पुन आउने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको छ। उचित समयमा पार्टीले आवश्यक निर्णय लिन्छ।’

प्रकाशित: ४ साउन २०८२ ६:४२ | Sunday, July 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast