एमालेमा फर्किएको घोषणाको एक महिना नपुग्दै विद्यालाई लगाम

विद्याको निर्णयमा ३ नेताको ‘फरक मत’

हिमाल प्रेस ७ साउन २०८२ ६:३९ | Wednesday, July 23, 2025
एमालेमा फर्किएको घोषणाको एक महिना नपुग्दै विद्यालाई लगाम

काठमाडौँ- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन प्रतिबन्ध लगाएको छ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दुईदिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन उचित नहुने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा तीन नेताले असहमति जनाएका थिए। तर, प्रस्ताव बहुमतले पारित भएको प्रचार विभाग प्रमुख गौतमले बताए ।

उनी गएको असार १४ मा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्। मदन जयन्तीको अवसरमा उनले एमालेको सदस्यता नवीकरण गरेको जनाएकी हुन्। भाबी अध्यक्ष बन्ने योजनामा एमालेको निर्णयले तुषारापात गरेको छ।

एमालेले भण्डारीलाई पूर्वराष्ट्रपतिकै हैसियत सम्मान गर्ने बैठकको निर्णय छ । ‘पूर्वराष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, देशको अभिभावक हो,’ गौतमले भने, ‘यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार हुँदैन। यसले संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने केन्द्रीय कमिटीले निष्कर्ष निकालेको छ।’

बैठकले ७० वर्षको उमेरहद र दुई कार्यकालको सीमालाई पनि हटाएर ओलीलाई पार्टी अध्यक्ष बन्ने बाटो खुला गरिदिएको छ। यो निर्णयले आगामी भदौमा हुने विधान अधिवेशनले पास गरेपछि वैधता पाउने छ।

एमालेको यो निर्णयले भण्डारी राजनीतिमा आउने बाटो बन्द भएको छ।

एमाले उपाध्यक्ष युवराज ज्ञवाली, अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्ण थापाले निर्णयबारे असहमति जनाउँदै फरक मत राखे ।

ज्ञवालीले भण्डारीलाई सक्रिय राजनीतिमा आउनबाट रोक्ने निर्णय अहिले नै नरोक्ने प्रस्ताव गरेका थिए ।

प्रकाशित: ७ साउन २०८२ ६:३९ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast