एमालेमा फरक मतलाई बन्देज लगाउने गतिविधि भइरहेको छ : थापा

हिमाल प्रेस ७ साउन २०८२ १७:५५ | Wednesday, July 23, 2025
एमालेमा फरक मतलाई बन्देज लगाउने गतिविधि भइरहेको छ : थापा

काठमाडौँ– नेकपा एमालेका नेता कर्णबहादुर थापाले पार्टीले संविधान, कानून र जनताको बहुदलीय जनवादको मर्मविपरीत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन बन्देज लगाएको बताएका छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले एमालेको केन्द्रीय समितिले प्रस्तावमा पनि नभएको र छलफल गर्नुपर्ने एजेण्डामासमेत नरहेको कुरालाई छलफलमा ल्याएर भण्डारीलाई राजनीतिमा आउनबाट रोक लगाएको बताए।

निर्णय गर्न राजनीतिक दलहरु स्वतन्त्र भए पनि ती निर्णयहरु संविधान र कानुनसँग बाँझिन नहुने उनले बताए।

थापाले राष्ट्रपति, पूर्वराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउने हुने वा नहुने भन्ने कुराको बहस गर्न सकिने भए पनि एमालेमा प्रवेश गर्ने कुरासँग जोडेर मिसमास गरेर छलफल गर्न नमिल्ने तर्क गरे।

थापाले पार्टीमा फरक मत र विचारलाई बन्देज लगाउने, प्रतिस्पर्धाको प्रणालीलाई कमजोर बनाउने र निधेष गर्नेजस्ता गतिविधिहरु भइरहेको उल्लेख गरे।

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक्ने केन्द्रीय समितिको निर्णयमा आफूले ‘नोट अफ डिसेन्ट’ दर्ज गरेको पनि उनले जानकारी दिए।

प्रकाशित: ७ साउन २०८२ १७:५५ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast