एनपीएललाई निरन्तरता दिन कांग्रेसको माग

हिमाल प्रेस २९ असार २०८२ २१:४० | Sunday, July 13, 2025
एनपीएललाई निरन्तरता दिन कांग्रेसको माग

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसले नेपाल प्रिमियर लिग (एनपीएल) लाई प्राथमिकताका साथ निरन्तरता दिन माग गरेको छ।

कांग्रेस खेलकुद विभाग प्रमुख उमेशजङ्ग रायमाझीले प्रेस विज्ञप्ति जारी गर्दैै नेपाली क्रिकेटको विकासमा एनपीएल प्रतियोगिता महत्वपूर्ण कोशेढुंगा भएकाले यसलाई राज्यले विशेष प्राथमिकताका साथ निरन्तरता दिनुपर्ने बताएका छन्।

कांग्रेसले एनपीएलको दोस्रो संस्करणलाई अझ भव्य र व्यवस्थित रुपमा आयोजना गर्नुपर्नेमा जोड दिएको छ।

कांग्रेसले सन् २०२६ मा जापानमा आयोजना हुने २० औँ एशियाली खेलकुदमा नेपाली खेलाडीहरुको प्रभावकारी भूमिका सुनिश्चित गर्न आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एनपीएलभित्र देखिएको विकृति, विसङ्गती र अनियमिततालाई हटाइ स्वच्छ, पारदर्शी र अनुशासित व्यवस्थापन प्रणाली निर्माण गर्न कांग्रेसले माग गरेको छ।

प्रकाशित: २९ असार २०८२ २१:४० | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast