एक लाख ३५ हजार नगदसहित पाँच जुवाडे पक्राउ

हिमाल प्रेस ४ साउन २०८२ १८:४१ | Sunday, July 20, 2025
एक लाख ३५ हजार नगदसहित पाँच जुवाडे पक्राउ फाइल तस्बिर।

काठमाडौँ- प्रहरीले एक लाख ३५ हजार ३०० सहित जुवा तास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिइ आज (आइतबार) सार्वजनिक गरेको छ।

नियन्त्रणमा लिएकामा सर्लाहीको लालबन्दी नगरपालिका–११ घर भई हाल काठमाडौँ महानगरपालिका–१३ ताहाचल बस्ने ३२ वर्षीय बिम्मा छिरिङ दोर्जे थिङ, काभ्रेपलाञ्चोकको चौर देउराली गाउँपालिका–३ घर भई हाल चन्द्रागिरि नगरपालिका–३ गैरी गाउँ बस्ने ४५ वर्षीय सोमबहादुर तामाङ, शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारे घर भई बस्ने ४३ वर्षीय वाङ दोर्जे लामा, चन्द्रागिरि नगरपालिका–१३ नैकापका ५० वर्षीय अमिरराज थापा तथा नुवाकोट बेलकोटगढी नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ४२ वर्षीय पर्शुराम श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी  दिए।

उनले भने, ‘काठमाडौँ–१३ ताहाचलस्थित एक घरमा जुवा तास खेल्ने तथा खेलाउने कार्य गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।’

प्रकाशित: ४ साउन २०८२ १८:४१ | Sunday, July 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast