एकीकृत समाजवादी निकट युवा संघले बोलायो भेला, संयोजकलाई थाहै छैन

हिमाल प्रेस १३ साउन २०८२ १२:२० | Tuesday, July 29, 2025
एकीकृत समाजवादी निकट युवा संघले बोलायो भेला, संयोजकलाई थाहै छैन

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको युवा संघ नेपालमा सन्दीप राई पक्षले उपत्यकामा भेला बोलाएको छ। राईले उपत्यकास्तरीय युवा विशेष भेला भन्दै भोलिलाई बैठक बोलाएका छन्।

राईले अनामनगरको बौद्ध गुम्बामा बैठक बोलाएका छन्। संगठनका अध्यक्ष रोशन थापाले भने भेला बारे जानकारी नभएको जानकारी दिए। ‘मलाई यसबारे थाहा भएन। किन भेला बोलाएको
जानकारी पनि छैन।’ थापाले बताए।

राईले भने सबैलाई समेट्नका लागि भेला बोलाएको जानकारी दिए। ‘हामीले सबैपक्षलाई बोलाएका छौँ। आउन-नआउने थाहा भएन।’ राईले भने। यसअघिदेखि नै युवा संघमा विवाद छ। थापा माधव नेपालपक्षधर हुन् भने राई झलनाथ खनाल पक्षधर हुन्।

राईले तत्काल राष्ट्रिय सम्मेलनको माग गरिरहेका छन्। यसअघि कृष्ण विकलाई संयोजक छोडाएर नेपालले थापालाई संयोजक तोकेपछि विवाद बढेको थियो।

प्रकाशित: १३ साउन २०८२ १२:२० | Tuesday, July 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast