उपनिर्वाचन : रास्वपाको उम्मेदवार छनोट कार्यविधि स्वीकृत

हिमाल प्रेस २६ असार २०८२ १२:२७ | Thursday, July 10, 2025
उपनिर्वाचन : रास्वपाको उम्मेदवार छनोट कार्यविधि स्वीकृत रास्वपा केन्द्रीय कार्यालय ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचनका लागि उम्मेदवार छनोट कार्यविधि स्वीकृत गरेको छ। पार्टीको बुधबार बसेको सचिवालय बैठकले ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ अन्तर्गत उम्मेदवार छनोट कार्यविधि स्वीकृत गरी केन्द्रीय समिति सदस्यहरूको रायका लागि पठाइएको प्रवक्ता मनीष झाले जानकारी दिए।

रूपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदै छ।

पार्टीले केही दिनभित्र कार्यविधिअनुसार उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गर्नेछ। प्राप्त आवेदनहरूको मूल्यांकन गरी तय कार्यविधिअनुसार उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गरिने जानकारी झाले दिए।

बैठकले सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यलाई रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको छ।

प्रकाशित: २६ असार २०८२ १२:२७ | Thursday, July 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast