इराकको सपिङ मलमा आगलागी हुँदा कम्तीमा ५५ जनाको मृत्यु

हिमाल प्रेस १ साउन २०८२ १५:१८ | Thursday, July 17, 2025
इराकको सपिङ मलमा आगलागी हुँदा कम्तीमा ५५ जनाको मृत्यु सांकेतिक तस्बिर

काठमाडौँ- इराकको कत सहरस्थित एउटा सपिङ मलमा आगलागी हुँदा ५५ जनाको ज्यान गएको छ। आगलागीमा परेर ५५ जनाको ज्यान गएको स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।

यो सपिङ मल पाँच दिनअघि मात्र सञ्चालनमा आएको थियो। बुधबार राति सुरू भएको आगलागी नियन्त्रणमा आइसकेको अधिकारीहरूले जनाएका छन्। आगलागीका कारणबारे प्रस्ट हुन सकेको छैन।

एम्बुलेन्सहरू बिहान ४ बजेसम्म घाइतेहरूलाई अस्पताल लगिरहेका थिए। राजधानी बगदादबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा रहेको कुटको अस्पतालका वार्डहरू भरिएका थिए। गभर्नर मियाहीले तीन दिनको शोक घोषणा गरेका छन् र स्थानीय अधिकारीहरूले मलका मालिक र भवन ठेकेदारविरूद्ध मुद्दा दायर गर्ने बताएका छन्।

५० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने इराकमा आगलागीका घटनाहरू बढ्ने गरेको छ। सन् २०२३ सेप्टेम्बरमा भीडभाड भएको इराकी विवाह हलमा आगलागी भएपछि भागदौड हुँदा कम्तीमा एस सय जनाको मृत्युुु भएको थियो।

त्यस्ते सन् २०२१ जुलाईमा दक्षिणी इराकको अस्पतालको कोभिड युनिटमा आगलागी हुँदा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो।

प्रकाशित: १ साउन २०८२ १५:१८ | Thursday, July 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast