इटहरीका मेयरको अभिव्यक्तिविरुद्ध पत्रकारसहित सडकमा उत्रिए नागरिक समाज

हिमाल प्रेस ४ साउन २०८२ २१:१९ | Sunday, July 20, 2025
इटहरीका मेयरको अभिव्यक्तिविरुद्ध पत्रकारसहित सडकमा उत्रिए नागरिक समाज

इटहरी- इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको पत्रकारितामाथिको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पत्रकार, नागरिक समाज, शिक्षासेवी, साहित्यकार, राजनीतिक दल र विभिन्न पेशागत समूह सडकमा उत्रिएका छन्। लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाउँदै उनीहरूले इटहरीको संगीत चोकमा विरोधसभा आयोजना गरिएको हो।

कार्यक्रममा वक्ताहरूले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता सुनिश्चित गर्नु राज्यको दायित्व भएपनि राज्य तहबाटै पछिल्लो समय प्रेस स्वतन्त्रतालाई दबाउने काम भइरहेको उल्लेख गर्दै पत्रकारितामाथि भइरहेको दमन, धम्की र हस्तक्षेपको विरोध जनाएका थिए।

वक्ताहरूले पत्रकारिता क्षेत्रको मर्यादा र व्यावसायिकतालाई जोगाउन सञ्चारकर्मीहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनीहरूले पत्रकारहरूलाई निष्पक्ष, सत्य र जिम्मेवार पत्रकारिताका लागि प्रोत्साहित गर्ने वातावरण निर्माणमा सरोकारवालाहरूको सहयोग अपरिहार्य रहेकोसमेत बताए।

वक्ताहरूले प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाको कृपामा नभई संविधानद्वारा प्रत्याभूत अधिकार भएको भन्दै त्यसको संरक्षण सबै नागरिकको जिम्मेवारी भएको स्मरण गराए।

प्रकाशित: ४ साउन २०८२ २१:१९ | Sunday, July 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast