इजरायली हवाई आक्रमणमा गजामा पानी लिन गएका ६ बालबालिकाको मृत्यु

हिमाल प्रेस २९ असार २०८२ २१:१९ | Sunday, July 13, 2025
इजरायली हवाई आक्रमणमा गजामा पानी लिन गएका ६ बालबालिकाको मृत्यु फाइल तस्बिर : एफपी

काठमाडौँ- इजरायली हवाई आक्रमणमा गाजाको अल–नुसेरत क्षेत्रमा पानी लिन गएका बालबालिकासहित कम्तीमा १० जनाको ज्यान गएको छ। गाजा क्षेत्रमा आपतकालीन सेवाका अधिकारीहरूले मृतकहरूमा ६ बालबालिका रहेको पुष्टि गरेका छन्।

घटनामा घाइते भएकाहरूको नुसेरतस्थित अल–अवदा अस्पतालमा उपचार भइरहेको जनाइएको छ। अस्पतालका एक चिकित्सकले घटनाको पुष्टि गर्दै १६ जना घाइतेको उपचार भइरहेको जानकारी दिएका छन्।

उनका अनुसार आक्रमणमा परी सात जना बालबालिका घाइते भएका छन्।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार आक्रमणको समयमा स्थानीयहरू पानीका ट्यांकरबाट पानी लिन लाइनमा उभिएका थिए।

यसका अतिरिक्त आइतबार नै सेन्ट्रल गाजा र गाजा सिटीका तीनवटा आवासीय भवनहरूमा भएको आक्रमणमा थप १९ प्यालेस्टिनीको मृत्यु भएको गाजा सिभिल डिफेन्स एजेन्सीले जनाएको छ।

यसैबीच रेडक्रसको अन्तर्राष्ट्रिय समितिले विज्ञप्ति निकालेर अघिल्लो १२ महिनाको भन्दा बढी विगत ६ सातामा दक्षिण गाजाको रफाह फिल्ड अस्तालमा घाइेतहरूको उपचार गरिएको जनाएको छ।

यो घटनाले गाजामा बढ्दो मानवीय संकट र बालबालिकामाथि पर्ने प्रत्यक्ष प्रभावप्रति अन्तर्राष्ट्रिय चिन्तालाई थप गहिरो बनाएको छ।

प्रकाशित: २९ असार २०८२ २१:१९ | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast