 
                             
                                            काठमाडौँ- विभिन्न माग लिएर आन्दोलनमा रहेका चिकित्सकसँग ३ बुँदे सहमति जुटेको छ। चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघ (एनएमए)सँग सरकारले मंगलबार राति सहमति गरेको हो। यो सहमतिपछि अब चिकित्सकहरू काममा फर्किने भएका छन्।
नेपाल चिकित्सक संघ तथा विभिन्न संघ संस्था एवं सरोकारवालाहरुका मागहरुको यथोचित सम्बोधन गर्न विद्यमान कानुनी एवं नीतिगत व्यवस्थामा आवश्यक संशोधन लगायतका विषयमा ७ दिन भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन गर्ने सहमति भएको छ।
                            प्रकाशित: २५ असार  २०८२ ९:५८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 