आज साउनको पहिलो सोमबार

हिमाल प्रेस ५ साउन २०८२ ६:२९ | Monday, July 21, 2025
आज साउनको पहिलो सोमबार फाइल तस्बिर

काठमाडौँ- आज साउनको पहिलो सोमबार। सनातन धर्मावलम्बी भगवान् शिवको पूजाअर्चना तथा उपवास बसी मनाउँदै छन्। सौरमानको पात्रो अनुसार पहिलो सोमबार ५ गते परेको हो।

चान्द्रमानको पात्रो (तिथिमा चल्ने) अनुसार असार ३० देखि साउने सोमबार व्रत सुरु भएको थियो। चान्द्रमानको पात्रोअनुसार श्रावण कृष्ण प्रतिपदादेखि शुक्ल पूर्णिमाको बीचमा पर्ने सोमबार व्रत लिने प्रचलन छ। सौरमानको पात्रोअनुसार साउने संक्रान्तिदेखि मासान्तसम्म पर्ने सोमबार व्रत लिने चलन छ।

सौरमानअनुसार श्रद्धालुले साउनको ५, १२, १९ र २६ गते व्रत बस्न सक्नेछन्। असार ३० गते व्रत सुरु गरेकाहरूले भने सौरमासको पात्रो अब ५, १२ तथा १९ गते व्रत बस्नेछन्। दुवै प्रकारका व्रत प्रचलनमा भए पनि चान्द्रमानको पात्रोअनुसार गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्मका सोमबार व्रत लिन उपयुक्त हुने धर्मशास्त्री प्राडा देवमणि भट्टराई बताउँछन्।

साउनको सोमबार विशेषगरी दाम्पत्य जीवन सुखमय होस् भन्ने कामनासहित भगवान् शिवपार्वतीको पूजा गर्ने र व्रत बस्ने सनातन धर्मावलम्बीको परम्परा छ।

प्रकाशित: ५ साउन २०८२ ६:२९ | Monday, July 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast