आजको प्रतिनिधिसभा बैठकमा शिक्षामन्त्री पन्तले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक प्रस्तुत गर्ने

हिमाल प्रेस ९ साउन २०८२ ८:१६ | Friday, July 25, 2025
आजको प्रतिनिधिसभा बैठकमा शिक्षामन्त्री पन्तले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक प्रस्तुत गर्ने

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज दिउँसो १:०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ।

बैठकको कार्यसूचीमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तद्वारा ‘राष्ट्रियसभाबाट पारित तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ।

उक्त विधेयक २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको थियो र चैत ४ गते पारित गरिएको थियो।

तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धी यो विधेयकले आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धान प्रवर्द्धन गर्ने, विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्ने तथा नवीनतम प्रविधिको विकास र विस्तारमार्फत आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रको रूपमा विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने उद्देश्य राखेको छ।

प्रकाशित: ९ साउन २०८२ ८:१६ | Friday, July 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast