 
                             
                                            काठमाडौँ- आगामी साउन ९ देखि नाटक ‘स्वर्णदेश-द ड्रिमल्यान्ड अफ मिल्क एन्ड ग्रेभ्स’ मञ्चन हुने भएको छ। निर्माण टिमले आइतबार (आज) एक पोस्टर सार्वजनिक गर्दै नाटकको मञ्चन समय सार्वजनिक गरेको हो।
सरिता कठायतकाे कथा रहेको नाटक आकाश नेपालीले निर्देशन गरेका छन्। नाटक थापागाउँस्थित मण्डला थिएटरमा साउन २५सम्म मञ्चन हुनेछ। नाटक निर्माणमा योलो इन्टरटेनमेन्टले शुभकाशासँगको सहकार्य गरेको छ।
मौलिक कथा रहेको नाटकले प्रेम, आत्मीयता, सपना र निराशाका गहिरा भावनाहरूको कथा भन्ने टिमले जनाएको छ। टिमका अनुसार नाटकले देशको अहिलेको अव्यवस्थित परिस्थितिमा बाँचिरहेका युवामा लुकेका र नसुनिएका पक्षहरू प्रस्तुत गर्नेछ।
नाटकमा कलाकार सुजन खतिवडा, सुज्यान सिलवाल, सन्तोष गिरी, भूपी लुहार, जर्निको ‘निक’ कल्मर, सन्देश कार्की, परितोषिका पन्त, उज्वल बान्तवा राई, चिराग पनेरु, आरति गौतम, अनिल कुर्मी र आदित्य मिश्रको अभिनय रहनेछ।
सोमबारबाहेक साताको प्रत्येक दिन सोमबारबाहेक बेलुका ६ः४५ बजे र शनिबार दिउँसो ३ः३० बजेको अतिरिक्त सो मञ्चन हुने पोस्टरमा उल्लेख छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             ![नारी अस्तित्वका पक्षमा नाटक ‘सिरुमारानी’ [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/09/sirumarani1.jpg) 
                                              
                                              
                                             ![मण्डलामा मञ्चनरत नाटक ‘हराएको कुकुर’ [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/07/haraeko-kukur1.jpg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 