असार २५ देखि मञ्चन हुँदै नाटक ‘चन्द्रलाई कस्ले मार्‍याे?’

हिमाल प्रेस २४ असार २०८२ १५:१८ | Tuesday, July 8, 2025
असार २५ देखि मञ्चन हुँदै नाटक ‘चन्द्रलाई कस्ले मार्‍याे?’

काठमाडौँ- नाटक ‘चन्द्रलाई कस्ले मार्‍याे?’ यही असार २५ देखि मञ्चन हुने भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै असार २५ देखि मञ्चन हुने जानकारी दिएको हाे। नाटक थापागाउँस्थित मण्डला थिएटरमा आगामी साउन १८ सम्म मञ्चन हुनेछ।

हरपल संघर्ष गरिरहेका मानिसहरूकै कथा नाटकमा प्रस्तुत गरिने टिमले बताएको छ। टिमकाअनुसार नाटकमार्फत मानिसले आफूलाई खोज्ने यात्रामा सम्भावनाहरू ओझेलमा परिरहँदा के‍-कस्तो पीडा भोग्नुपर्छ भनेर नाटकमा देखाउन खोजिएको छ।

नाटकको परिकल्पनाकार, लेखक र निर्देशक निर्देशक सन्दिप श्रेष्ठ हुन्। निर्देशक श्रेष्ठसहित नाटकमा कलाकार भावना उप्रेती, सीता देवि तिमल्सेना, मिलन कार्की, मौसम खड्का, तेन्जु योञ्जन, पृतिशा अधिकारी र किरण चापागाईंको अभिनय रहनेछ।

नाटकमा प्रयोग गरिने गीत निर्देशक श्रेष्ठ र किरण चापागाईंले लेखेका हुन्। गीतमा मनिष विश्वकर्मा र बिजन बस्नेतले संगीत भर्नेछन्।

नाटक सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः३० बजे र शनिबार दिउँसो १ः३० बजेको अतिरिक्त सो पनि हुनेछ। नाटकका सह-निर्देशक रोहित थापा हुन् भने स्टेज म्यानेजरको रूपमा विशाल केसी छन्।

प्रकाशित: २४ असार २०८२ १५:१८ | Tuesday, July 8, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast