असार १० मा रोकिएको काठमाडौँ महानगरको बजेट आज आउँदै

हिमाल प्रेस २९ असार २०८२ ९:४३ | Sunday, July 13, 2025
असार १० मा रोकिएको काठमाडौँ महानगरको बजेट आज आउँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको बजेट आइतबार आउँदैछ। आज दिउँसो २ बजे नगर सभाको बैठकमा नीति कार्यक्रम तथा बजेट प्रस्तुत हुनेछ।

शुक्रबार बसेको कार्यपालिका बैठकमा आइतबार बजेट ल्याउने निर्णय महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ले सुनाएका थिए। बजेटको मिति घोषणा अघि महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले पूर्वाधारमा बजेट थप्ने निर्णय गरेको थियो।

बालेनको अध्यक्षतामा महानगरको कार्यालय काठमाडौँ प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब ११ करोड निर्धारण गरेको थियो। संविधानत: स्थानीय तहले असार १० मा बजेट ल्याउनुपर्ने हो। तर महानगरमा किचलो बढ्दा यसपटक बजेट आउन सकेन।

प्रकाशित: २९ असार २०८२ ९:४३ | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast