अशोक दर्जीको डेब्यु फिल्म कात्तिक २१ मा प्रदर्शन

हिमाल प्रेस २७ असार २०८२ १६:१३ | Friday, July 11, 2025
अशोक दर्जीको डेब्यु फिल्म कात्तिक २१ मा प्रदर्शन

काठमाडौँ- फिल्म ‘मन बिनाको धन’ आगामी कात्तिक २१ मा प्रदर्शन हुने भएको छ। फिल्मकी निर्मात्री विष्णु माया मैनाली र वितरण कम्पनीहरूसँग सम्झौतापछि निर्माण टिमले फिल्म कात्तिक २१ मा प्रदर्शन गर्ने जानकारी दिएको हो।

फिल्मको नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार खरिद गरेको छ। फिल्मको मुख्य भूमिकामा अशोक दर्जी छन्। उनी ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ गीतबाट निकै चर्चा कमाएका थिए। उनले यही फिल्मबाट अभिनयमा डेब्यु पनि गरेका छन्। दर्जी हाल काठमाडौँमा कक्षा ९ मा अध्ययनरत छन्।

गायक तथा संंगीतकार टंक बुढाथोकीको निर्देशन तथा निर्माण बनेको हो। सामाजिक विषयवस्तुमा बनेको फिल्मको कथा टंकले नै लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीको छ।

अशोक दर्जीसहित फिल्ममा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोललगायत कलाकारको अभिनय छ।

फिल्ममा टंक बुढाथोकी संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन छ।

फिल्मको निर्माता बिष्णु माया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा छिन्।

प्रकाशित: २७ असार २०८२ १६:१३ | Friday, July 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast