 उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल
                             उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल
                                            काठमाडौँ– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधार हुँदै गएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पौडेलले पछिल्लो तथ्यांकलाई हेर्दा मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको भन्दै अब मुलुकमा केही भएन भनेर निराश हुनुपर्ने अवस्था नरहेको बताएका हुन्। सबै राजनीतिक पार्टीहरु, समाजका सबै क्षेत्रहरु निराशा बाँड्ने अवस्थाबाट बाहिर निस्कनुपर्ने उनले बताए।
पौडेलले सरकारले मुलुकको आर्थिक अवस्थाका बारेमा निरन्तर तथ्यांक सार्वजनिक गरिरहेको भन्दै तथ्यांकलाई कसैले तोडमोड गर्न नसक्ने स्पष्ट पारे।
उनले आगामी वर्षको बजेट कार्यन्वयनको तयारी गरिरहेको बताए। बजेटमा टेक एन्ड पेको विषयमा सरकारले स्पष्ट पारेको र विद्युत उत्पादनपछि खरिदको सुनिश्चितता गरेको उनले उल्लेख गरे।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको बजेटलाई पूर्णरुपमा कार्यान्वयन गर्न सके आर्थिक समस्या समाधान भएर जाने बताए। आर्थिक सुधार आयोगको सुझावलाई अधिकतम समावेश गरेको बजेट आएकाले निजी क्षेत्र उत्साहित नै रहेको उनले बताए।
कार्यक्रममा नेपाल आर्थिक पत्रकार संघले केही पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 