 
                             
                                            काठमाडौँ- अभिनेत्री रेखा थापाले गृहमन्त्री रमेश लेखकलाई भेटेकी छन्।
अभिनेत्री थापाले आमाको नामबाट नागरिकता पाउने बाटो खोलिदिएको भन्दै धन्यवाद दिन मन्त्रालयम पुगेको खुलाएकी छन्।
उनले गृहमन्त्रीसँग भेटेको तस्बिर सेयर गर्दै फेसबुकमा लेखेकी छन्, ‘सन्तानलाई आमाले जन्म दिनुहुन्छ। आमाले पालनपोषण गर्नुहुन्छ, तर नागरिकता लिन जाँदा बाबुको खोजी हुन्छ। आमाको नामबाट नागरिकता पाउने स्थिति बनेन। तर अब यस्तो परिस्थितिको अन्त्य भएको छ। नेपाल सरकार एवम गृहमन्त्रीलाई यो सहासिक कदमका लागी धेरै धेरै बधाई तमाम नागरिकता बिहिन नेपाली नागरिकलाई धेरै बधाई! महिलालाई अधिकारका क्षेत्रमा यो सुनौलो काम भएको छ।’
                            प्रकाशित: १७ असार  २०८२ १३:२६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 