अनुदान शिक्षकलाई काममा नखटाउन निर्देशन

हिमाल प्रेस ६ साउन २०८२ १०:३६ | Tuesday, July 22, 2025
अनुदान शिक्षकलाई काममा नखटाउन निर्देशन

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शिक्षण सिकाइ सहयोग अनुदानमा आएको कटौतीका कारण विद्यालयमा कार्यरत केही शिक्षकलाई काममा नखटाउन निर्देशन दिएको छ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले असार ३२ गते  सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो।

नगर कार्यपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईद्वारा हस्ताक्षरित पत्रमा शिक्षण सिकाइ सहयोग अनुदान घट्दा उत्पन्न परिस्थितिलाई समाधान गर्न अर्को निर्णय नभएसम्म शिक्षकलाई कार्यमुक्त राख्नुपर्ने उल्लेख गरिएको छ।

चालु आर्थिक वर्ष २०८२/०८३ मा संघीय सरकारले कक्षा ६ देखि १० सम्मका अंग्रेजी, गणित र विज्ञान विषयमा प्रदान गर्ने शिक्षण सिकाइ सहयोग अनुदान अघिल्लो वर्षको तुलनामा कम भएको छ।

यसका कारण आधारभूत तह (कक्षा ६–८) र माध्यमिक तह (कक्षा ९–१०) मा सो अनुदानबाट भर्ना गरिएका शिक्षकलाई अर्को व्यवस्था नभएसम्मका लागि २०८२ साउन १ गतेदेखि काममा नखटाउन सम्बन्धित विद्यालयहरूलाई निर्देशन दिइएको हो।

उक्त निर्देशनसँगै नगरपालिकाले सबै वडा शिक्षा समितिलाई जानकारी गराएको छ भने नगर प्रमुख र उप–प्रमुखलाई समेत बोधार्थ पठाइएको छ।

प्रकाशित: ६ साउन २०८२ १०:३६ | Tuesday, July 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast