अत्यावश्यकबाहेक लामो यात्रा नगर्न प्रधानमन्त्रीको अनुरोध

हिमाल प्रेस ४ साउन २०८२ १२:३२
अत्यावश्यकबाहेक लामो यात्रा नगर्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन देशवासीमा अनुरोध गरेका छन्। साथै उनले मौसमजन्य विपद्बाट जोगिन तथा सजग रहन आह्वान पनि गरेका छन्।

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेकाले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरेका हुन्। विभागले जारी गरेको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री सामाजिक सञ्जालमा सचेत रहन अनुरोध गरेका हुन्।

‘शुभ बिहानी! मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ। अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित: ४ साउन २०८२ १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast