होटल सिराइचुलीले आईपीओ निष्कासन गर्ने

हिमाल प्रेस ७ साउन २०८२ १२:०२ | Wednesday, July 23, 2025
होटल सिराइचुलीले आईपीओ निष्कासन गर्ने

चितवन- भरतपुर महानगरपालिका–१० मा अवस्थित चारतारे होटल सिराइचुली लिमिटेडले निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी विद्यमान नियमावली र निर्देशनको पालना गर्दै नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि आईपीओ निष्कासन गर्ने बताएको छ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ। सम्झौतामा होटल सिराइचुली लिमिटेडका अध्यक्ष चुडामणि खनाल र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनीष नारायण जोशीबीच हस्ताक्षर गरिएको हो। सम्झौता कार्यक्रममा होटल सिराइचुलीका प्रबन्ध सञ्चालक विष्णु कुँवर र सञ्चालक बाबुराम उपाध्यायको रोहबर रहेको कम्पनीले जानकारी दिएको छ।

पर्यटकीय नगरी चितवनको केन्द्रमा अवस्थित होटल सिराइचुली एक अत्याधुनिक सुविधा सम्पन्न चारतारे होटल हो। यहाँ मल्टिकुजिन रेस्टुरेन्ट, ३ वटा बैंक्वेट हल, ५ वटा बोर्डरुम, इन्फिनिटी स्विमिङ पुल, रुफटप रेस्टुरेन्ट, पुलसाइड बार, जिम र स्पा लगायतका सुविधा समावेश छन्।

होटलको कोठा तथा सुइटहरू उच्च स्तरीय सजावटसहित तयार पारिएका छन्। यसबाट हिमालय शृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ। कम्पनीले आफ्नो आतिथ्य सेवामार्फत यात्रुको अनुभवलाई सहज र आरामदायी बनाउने उद्देश्य लिएको जनाएको छ।

प्रकाशित: ७ साउन २०८२ १२:०२ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast