चर्चामा फिल्म ‘सिटामोल’ को ट्रेलर

हिमाल प्रेस ११ साउन २०८२ १६:४६ | Sunday, July 27, 2025
चर्चामा फिल्म ‘सिटामोल’ को ट्रेलर

काठमाडौँ- फिल्म ‘सिटामोल’ यही साउन २३ देखि प्रदर्शन हुँदैछ। प्रदर्शन नजिकिँदै गर्दा फिल्मको टिजर, ट्रेलर र गीतहरू सार्वजनिक भइसकेकाे छ।

फिल्मको ट्रेलरलाई अधिकांश दर्शकले रूचाएका छन्। समाचार तयार पार्दासम्म साढे १० लाख दर्शकले ट्रेलर हेरिसकेका छन्। प्रतिक्रियामार्फत कतिपयले फिल्मका कलाकारको कामको प्रशंसा गरेका छन्। ‘सिटामोल’ औषधीको नाम हो तर फिल्ममा यसलाई समाजमा व्याप्त पीडाको प्रतीक बनाइएको छ।

फिल्मको ट्रेलरले नेपाली समाजमा देखिने पारिवारिक झमेला, व्यक्तिगत संघर्ष, गरिबी, बेरोजगारी, सरकारी लापरवाहीजस्ता विषयलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।

मुख्य पात्रहरू गाउँले परिवेशमा देखिएका छन्। सामाजिक मुद्दा उठाएको फिल्मले ग्रामीण परिवेशसँगै स्वास्थ्य, गरिबी, महिला सशक्तीकरण, अनि सामाजिक विभाजनजस्ता विषयलाई भावनात्मक शैलीमा उठाएको छ।

राज बहादुर साने निर्देशित फिल्ममा सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा छन्। साथै श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बाल- कलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ। श्री कृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेका छन्।

तुल्सी देवी फिल्म र जुनतारा फिल्म्सको सहकार्यमा निर्माण हो। फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्।  सिमोस सुनुवारको प्रस्तुति रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्मातामा छन्।

दिव्य सुवेदीको छायांकन, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशनमा बनेको छ।

प्रकाशित: ११ साउन २०८२ १६:४६ | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast