अखिल क्रान्तिकारीले गरेकाे विद्यालय बन्दको निर्णयप्रति नेविसंघको असन्तुष्टि

हिमाल प्रेस २ साउन २०८२ १०:२७ | Friday, July 18, 2025
2
SHARE
अखिल क्रान्तिकारीले गरेकाे विद्यालय बन्दको निर्णयप्रति नेविसंघको असन्तुष्टि

काठमाडौँ- नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले गरेकाे विद्यालय बन्दप्रतिको निर्णय नेपाल विद्यार्थी संघ (नेविसंघ) ले असन्तुष्टि जनाएको छ। विद्यालय शिक्षा विधेयक जारी गर्न दबाब स्वरूप क्रान्तिकारीले आह्वान गरेको संस्थागत विद्यालय बन्दप्रति नेविसंघले असन्तुष्टि जनाउँदै जनतालाई दुःख दिने काम नगर्न अनुरोध गरेको हो।

आज उपत्यकासहित देशभरका विद्यालयहरू, विशेषतः संस्थागत विद्यालयहरू बन्द गराइएको छ। उनले भनेका छन्, ‘शिक्षा ऐन जारी हुनु अत्यावश्यक छ र त्यो विद्यार्थीमैत्री हुनु पर्नेमा कुनै दुईमत छैन। तर आन्दोलनका अन्य वैकल्पिक र प्रभावकारी उपायहरू उपलब्ध हुँदाहुँदै पठनपाठन ठप्प पार्ने गरी विद्यालय बन्द गराउनु विद्यार्थी आन्दोलनको मूल मर्म र भावना विपरीत हो।’

नेविसंघका प्रवक्ता सुरज सेजुवालले भनेका छन्, ‘विद्यार्थी आन्दोलनलाई परिणाममुखी, सशक्त र सार्थक बनाउन अब साझा संकल्प आवश्यक छ। यस सन्दर्भमा, सबै विद्यार्थी संगठनहरू एकजुट भई आन्दोलनलाई सिर्जनात्मक रूपले अघि बढाउन म देशभरका क्रियाशील विद्यार्थी संगठनहरूलाई हार्दिक आह्वान गर्दछु।’

प्रकाशित: २ साउन २०८२ १०:२७ | Friday, July 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast