रुकुम पूर्वमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

हिमाल प्रेस १६ असार २०८२ २१:४०
8
SHARES
रुकुम पूर्वमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

रुकुम पूर्व- रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ तातोपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा परी सिस्ने गाउँपालिका-३, पोखराका ४५ वर्षीय  दलप्रसाद सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक उमाशंकरप्रसाद यादवले जानकारी दिए।

धाउनेबाट पोखरातर्फ जाँदै गरेको रा ३ प ४५३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तातोपानीस्थित भित्रि कच्ची सडक खण्डमा दुर्घटना भएको हो। मोटरसाइकलको पछाडि बसेका ३६ वर्षीय उपेन्द्र खत्री घाइते भएका छन्। उनको  ढाड र हातको औँलामा चोट लागेको छ।

प्रकाशित: १६ असार २०८२ २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast