आदर्श पोखरेलको गीत ‘मनमा तिम्रो फोटो छ’ सार्वजनिक

हिमाल प्रेस १६ असार २०८२ १८:०७
74
SHARES
आदर्श पोखरेलको गीत ‘मनमा तिम्रो फोटो छ’ सार्वजनिक

पोखरा- गीतकार आदर्श पोखरेलको ‘मनमा तिम्रो फोटो छ’ बोलको गीत सार्वजनिक भएको छ। पोखरामा आयोजित एक समारोहबीच गायक तथा संगीतकार रामभक्त जोजिजुले गीतको भिडियो सार्वजनिक गरेका हुन्।

भिडियो रुपा म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। कार्यक्रममा डा. नीरञ्जन कोइराला ‘जमीन’ र नारायण सापकोटाले गीतको सफलताका लागि शुभकामना दिए।

गीतमा सन्दीप परियार र मनीषा सुनारको स्वर छ। गीतको भिडियोमा ‘जमीन’ र मोडल रुसा न्यौपाने मुख्य भूमिकामा देखिएका छन्। साथै गीतकार आदर्शसहित सोम गुरुङ, जमुना पौडेल बराल, भुवन विश्वकर्मा र विपासा सेन्च्युरीकोसमेतको अभिनय छ।

भिडियोको कथा सुदीप सुवेदीले लेखेको संचारकर्मी एवं गीतकार अनुराग अधिकारीले बताए। राम बास्तोलाको निर्देशन तथा सम्पादनमा बनेको भिडियो दिनेश केसी र अनिल कार्कीले छायांकन गरेका हुन्।

यस्ताे छ गीत

प्रकाशित: १६ असार २०८२ १८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast