
काठमाडौँ- रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ।
निर्वाचन आयोगको सोमबार बसेको बैठकले रूपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।
प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै प्रतिनिधिसभाका कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गर्नुपर्ने संविधानको धारण ८४ को उपधारा ७ मा व्यवस्था छ।
निर्वाचन आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले संविधानको यही व्यवस्थाबमोजिम आयोगको बैठकले कात्तिक ७ गते रूपन्देही ३ मा उपनिर्वाचनको मिति तोकेको जानकारी दिइन्।
अघिल्लो निर्वाचनमा राप्रपाका बोहराले ३६ हजार ७१७ मत ल्याएर नेपाली कांग्रेसका बालकृष्ण खाँणलाई पराजित गरेका थिए। खाँणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए।